|

कावासोती : नवलपरासीको अरुणखोला जङ्गलमा सोमबार राति साढे ११ बजे कार अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१५च९६५६ कार अनियन्त्रित्र भई  पल्टँदा कारमा सवार कावासोती ८ बस्ने ४१ वर्षीय तुलसी पौडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नवीनराज राईले बताए। त्यस्तै, कार चालक कावासोती २ का सन्तोष सुवेदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.