|

रमेश तिमलसिना-

    रौतहट : १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा अहिलेसम्म २ नगरपालिकमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ भने गौर नगरपालिकामा राजपाले अग्राता लिएको छ। गौर नगरपालिकामा राजपाका नगरप्रमुख उम्मेदवार अजय गुप्ताले २७४ मतका साथ अगाडि छन्। नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार शम्भु साहले २५७ मत पाएका छन्।

    त्यस्तै संघीय समाजवादी फोरम नेपालले १८ मत पाएको गौर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यस्तै, चन्द्रपुर नगरपालिकामा भने नेकपा माओवादी केन्द्रका नगर प्रमुख युवराज भट्टराईले अग्रता लिएका छन।

    वाडं नं. १,२ र ३ को पछिल्लो परिणामअनुसार केन्द्रका नगर प्रमुख उम्मेदवार भट्टराईले ३२४ मत पाएका छन् भने नेकपा एमालेका नगरप्रमुख उमेदवार उद्धब रेग्मीले २५६ मत र नेपाली कांग्रेसका रामचन्द्र चौधरीले २५३ मत पाएको चन्द्रपुर निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिए। यस्तै बौद्धिमाइ नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

     केन्द्रका नगर प्रमुख उमेदवार त्रिभुवन साहले २०० मत,कांग्रेसका नगर प्रमुख उमेदवार रामलोचन साहले १२७ मत र नेकपा एमालेका नगर प्रमुख उमेदवार प्रदिप यादबले ११४ मत पाएको सो नगरपालिकाका निर्वाचन अधिकृत बद्री पौडेलले जानकारी दिए। अन्य केही नगरपालिकाम मतगणना सुरु हुदै गरेको र केहीमा केही बेर पछि मतगणना हुने मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए।

    रौतहटको स्थानीय तहको पछिल्लो ताजा मत परिणाम

    चन्द्रपुर नगरपालिका

    माओवादी - ३२४

    काग्रेस - २५६

    एमाले - २५६

    परोहा नगरपालिका

    कांग्रेस - ७७

    माओवादी -१९

    एमाले -४

    गरूडा नगरपालिका

    एमाले  -१४५

    कांग्रेस -७३

    संघीय समाजवाली फोरम -३७

    गौर नगरपालिका

    राजपा -२७४

    एमाले -२५७

    संघीय समाजवादी फोरम  -२६

    यमुनामाई गाउँपालिका

    माओवादीः ३६

    एमालेः १६

    नेपाली कांग्रेसः१२

    संघीय फोरमः १२

    राजपाः ८

    गढीमाई नगरपालिका

    राजपा ९०/८०

    एमाले ५८/६६

    कांग्रेस ५८/५९

    बौधीमाई नगरपालिका 

    माओवादी २००

    कांग्रेस १२७

    एमाले ११४

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.