|

रमेश तिमलसिना-

    रौतहट : रौतहटमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक वटा वडा जितेका   छन्। इसनाथ नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको छ भने त्यसैगरी, फतुहा विजयपुर नगरपालिका वडा नं १ मा भने नेकपा माओवादी केन्द्रले आप्mनो विजय गरेको छ।

    इसनाथ नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका उम्मेदवार बिगु साहले ५ सय ४५ मत ल्याउँदै आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवजी यादवलाई पराजित गरी विजयी भएका हुन्। उनका प्रतिद्धन्दी यादवले ३ सय ५५ मत ल्याएका थिए।

    त्यस्तै, फतुहा विजयपुर नगरपालिका वडा नं. १ का उम्मेदवार संजय साह विजयी भएका छन्। उनीहरुको औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.