|

जुम्ला : इटालीबाट जुम्लामा पुर्‍याएर लगाएको सात महिनामा फुजी जातको स्याउ फलेपछि यहाँका किसान हर्षित भएका छन्।जुम्लाको चन्दननाथ भैरवनाथ गुठीको २० हजार वर्गमिटर जग्गामा लगाएको २ हजार ५०० बुटा फुजी स्याउ सात महिनामा फलेको हो।

लगाएको पहिलो वर्षमै एक क्विन्टल जति स्याउ फलेको जुम्ला एग्रो फामका प्रमुख लोकदर्शन श्रेष्ठले जानकारी दिए। उनले भाले जातको गोल्डेन डेलिसियस फुजी स्याउ फलेको बताए। आफूले झण्डै ३५ लाख लगानी गरेर फुजी स्याउ लगाएको उनको भनाइ  थियो।

खलंगा जुम्लामा हाम्रो कृषि सहकारी संस्थाले ८०० र जुम्ला एग्रो फार्मले १७ सय स्याउको बुटा लगाएको छ। हाम्रो कृषि सहकारी संस्थाका ईन्द्रराज डाँगीले ३० लाख रुपैयाको लगानी लागिसकेको जनाए। थारै भएपनि छोटो समयमा स्याउ फलेकोले यसले जुम्लामा यो स्याउ फल्न सक्छ र लगानी खेर जाँदैन भन्ने आस लागेको उनको डाँगीले बताए।

कर्णाली एग्रो फामका प्रमुख कर्णबहादुर शाहीले जुम्लाका दुर्गम गाविस ताम्तीमा १३ सय फुजी जातका इटालिएन स्याउका बुटा लगाईएको बताए। जुम्लामा सबै गरेर ४२ सय बुटा स्याउ गरेर ९० लाख रुपैयाँ लगानी भएको प्रमुख शाहीले जनाए। उनको भनाइ अनुसार जुम्लाका कनकासुन्दरी, ताम्ती र  सदरमुकाम जुम्ला खलंगामा फुजी जातको स्याउ लगाइएको छ।

नर्सरीमा उत्पादन गर्नेेदेखि फुजी स्याउ फल्न तीन वर्षको समय लाग्ने कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत पारस महतले बताए। यो भाले जातको गोल्डेन डेलिसियस भएकोले चाँडो फलेको उनको भनाई छ। यो स्याउको अनुगमन जुम्लाका राजनीतिक दल, कृषि विकास कार्यालय, कृषि अनुसन्धान लगायतका सरोकारवालाहरुले गरेका छन्।

उनीहरुले जुम्लामा फुजी जातको स्याउ राम्रोसँग उत्पादन हुने सक्ने जनाएका छन्। स्याउको भविश्य राम्रो हुने देखिपछि व्यवसायीहरुले अरु स्याउ थप्ने जनाएका छन् भने अन्य मान्छेले पनि अब यो स्याउको व्यवसया गर्नुपर्ने सोच लिएका छन्। फुँजी स्याउका लागि उचाई र यहाको हावापानी सुहाउँदो हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.