|

रौतहट : जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामध्ये १७ स्थानीय तहमा मतगणना भइरहेको छ। मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले दिएको जानकारी अनुसार कटहरिया नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना भएको छ। कटहरियामा पनि चाडै नै मतगणना कार्य सुचारु हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए।

जिल्लाको गौर र गरुडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। गौरमा नेकपा एमालेका नगर प्रमुखका उमेदवार शम्भु साहले ४ सय ७४, राजपाका अजय गुप्ताले ३३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढकालले बताए। यस्तै गौर नगरको उप प्रमुखमा स्वतन्त्र उमेदवार अवधकिशोर साहले सबैभन्दा बढी २०३ मत ल्याएका छन्।

गरुडा नगरपालिकामा पनि नेकपा एमालेका नगर प्रमुख उमेदवार कलिमुल्लाहले सबैभन्दा बढी ३२५ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवारले १८० मत ल्याएका छन्।

प्रदेश नं. २ को सबै भन्दा ठुलो चन्द्रपुर नगरपालिकामा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादीका नगर प्रमुख उमेदवार युवराज भट्टराईले १०६५ मत ल्याएका छन् भने नेकपा एमालेका नगर प्रमुख उमेदवार उद्धव रेग्मीले ७७१ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रामचन्द्र चौधरीले ८ सय १३ मत पाएका छन्। चन्द्रपुर नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मत गणना भइरहेको छ।

रौतहटको १८ स्थानय तहको ताजा मत परिणाम

चन्द्रपुर नगरपालिका

माओवादी केन्द्र : १०६५

कांग्रेस : ८१३

एमाले : ७७१

पहोरा नगरपालिका

कांग्रेस :  ७७

माओवादी केन्द्र : १९

एमाले : ४

गरूडा नगरपालिका

एमाले : ३२५

कांग्रेस १८०

माओवादी  केन्द्र : ८८

गौर नगरपालिका

एमाले : ४७४

राजपा : ३३९

यमुनामाई गाउँपालिका

माओवादी केन्द्र : ३६

एमाले : १६

नेपाली कांग्रेस :१२

संघीय फोरम : १२

राजपा : ८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.