|

काठमाडौँः हरेक वर्ष मनाइँदै आएको सामाजिक सेवा दिवशका समाज कल्याण परिषदले यस वर्षको असोज ६ गते पनि भव्यताका साथ मनाउने भएको छ। ३८औँ सामाजिक सेवा दिवश समारोह असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा सम्पन्न हुने जनाइएको छ।

परिषदका अध्यक्ष महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले मंगलबार परिषदमै पत्रकार सम्मेलन गरेर असोज ४, ५ र ६ गते तीन दिन सामाजिक सेवा दिवश मनाइने जानकारी दिइन्।

उक्त दिवशलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मन्त्री कोइरालाको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति, परिषदका उपाध्यक्ष नीलमणि बरालको संयोजकत्वमा १२ सदस्यीय कार्यसंपादन उपसमिति, सदस्य डा. कल्पना लुइँटेलको संयोजकत्वमा १३ सदस्यीय प्रचार प्रसार एवं प्रकाशन उपसमिति, कोषाध्यक्ष वीरबहादुर ठगुन्नाको संयोजकत्वमा १२ सदस्यीय निमन्त्रणा तथा जलपान व्यवस्था समिति, सदस्य सचिव डिल्लीप्रसाद भट्टको संयोजकत्वमा आठ सदस्यीय मञ्च व्यवस्थान उपसमिति तथा परिषद सदस्य राकेश हमाल संयोजक रहेको पाँच सदस्यीय पुरस्कार छनोट तथा सिफारिस उपसमिति गठन गरिएको मन्त्री कोइरालाले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक सेवा दिवशका दिन स्वर्गीय समाजसेवी तुल्सीमेहर श्रेष्ठको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगद र प्रमाणपत्रसहितको ‘तुल्सीमेहर समाज सेवा पुरस्कार’बाट एक सामाजिक संस्थालाई पुरस्कृत गरिनेछ। यसैगरी देशका विभिन्न भागमा समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने विशिष्ट समाजसेवीहरूलाई पुरस्कृत पनि गरिने उक्त अवसरमा जानकारी दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.