|

पर्सा : वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुँदा राष्ट्रिय जनता पार्टी अगाडि देखिएको छ। नेपाली कांग्रेस अगाडि दोस्रो स्थानमा र संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ।

१०० मत गणना हुँदा राजपा नेपालका प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले ३६, नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्विवेदीले २७ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका विजय सराबगीले २१ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ६, नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ६ र नेकपा एमालेका बसुरुद्धिन अन्सारीले ४ मत पाएका छन्।

वीरगञ्जको मतगणना मंगलबार दिउँसो १२ बजेपछि सुरु भएको थियो। ठाकुरराम बहुमुखी क्याम्पसभित्र मतगणना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.