|

झापा : शिवसताक्षीमा कात्तिक २८ गतेदेखि दोस्रो संस्करणको झिलझिले गोल्डकपको आयोजना हुने भएको छ। यसअघि गत वर्ष वैशाख महिनामा आयोजना गर्ने भनिएकोे झिलझिले गोल्डकपको दोस्रो संस्करण कात्तिक अन्तिम साता गरिने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइयो। 

स्थानीय तहको निर्वाचन, बाढी पहिरोका कारण गोल्डकप ६ महिना सार्नु परेको आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए। उनले मोफसलमा खेलकुदको विकास र खेलाडी उत्पादनका लागि गोल्डकप आयोजना गरिएको बताए।

पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष फुर्वा लामाले मंसिर ७ गते सम्म हुने प्रतियोगिताको नेपालका ए डिभिजन तथा भारतको एक टिम गरी १० टिम सहभागि हुने बताए। ‘गत वर्ष ८ वटा टिमलाई मात्र सहभागी गराउन सकिएको थियो। यसपटक १० वटा टिमले सहभागिता जनाउने लगभग निश्चित भएको छ,’ उनले भने। 

गोल्डकपमा मनाङ मस्र्याङदी, झापा–११, रुपन्देही–११, गत वर्षको विजेता विभागिय टोली नेपाल पुलिस क्लब, विभागिय नेपाल आर्मी, विभागिय एपिएफ, थ्री स्टार क्लब, मोरङ–११, आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब र भारतको मध्यप्रदेशको डाम अफ गोल एकेडेमीले सहभागीता जनाउनेछन्। 

प्रतियोगितामा करिब ८१ लाख रकम संकलन हुने आर्थिक समिति संयोजक गणेश प्रधानले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ४९ लाख ५० हजार खर्च हुने र ३१ लख ५० हजार रुपैयाँ बचत हुनेछ। 

गत वर्ष ४७ लाख संकलन भएको र २१ लख ४२ हजार बजेट बचत रहेको उनले जानकारी दिए। यस वर्ष पुरस्कार राशी समेत बढाइएको छ। गत वर्ष प्रथम पुरस्कार ३ लाख थियो भने यो वर्ष प्रथम हुनेले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रधानले बताए।

म्यान आफ द टुर्नामेन्टले ५० हजार पुरस्कार, हाइस्कोररले २५, मिडफिडर र उत्कृष्ट गोलरक्षकले २० हजार तथा प्रत्येक खेलको म्यान अफ द म्यचले १० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.