|

  • रमेश तिमल्सिना-

रौतहटः रौतहटको वृन्दावन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्ताबीच मत गणनास्थलमै झडप भएको छ। 

रौतहट क्षेत्र नं. ६ का एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेपछि दोहोरो झडप भएको स्थानीय प्रमोद यादवले बताए। कांग्रेसका कार्यकर्ताले संसद भट्टराईलाई धाँधली गर्न आएको भन्दै नाराबाजी गरेपछि झडप भएको यादवले जानकारी दिए। 

झडपमा परी एक जना गम्भीर घाइते भएका छन्। मत गणनास्थलको अवस्था तनावग्रस्त भएकाले मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिएका छन्। 

उक्त नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट राम सनही यादव, एमालेको तर्फबाट विनोद पटेल र नेकपा माओवादी केन्द्रको तर्फबाट रामप्रसाद पटेलले उम्मेदवारी दिएका छन्। अहिले उक्त क्षेत्रमा स्थितिलाई नियन्त्रणमा लिन कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.