|

रौतहट : सोमबार सम्पन्न स्थानीय निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ। उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ। 

बुधबार बिहानको नतिजाअनुसार कांग्रेसले आठ  स्थानीय तहमा अग्रता लिएको छ। माओवादीले ६, संघीय समाजवादी फोरमले तीन र एमालेले दुई स्थानीय तहमा अग्रता लिएका छन्। पकड रहेको भए पनि प्रारम्भिक मतपरिणाममा भने राष्ट्रिय जनता पार्टी पछि परेको छ।

कांग्रेसले चन्द्रपुर,परोहा, इशनाथ, गढीमाई, फतुवा विजयपुर, राजदेवी, गरुडा नगरपालिकाका साथै दुर्गाभगवती गाउँपालिकामा अग्रता लिएको छ। 

माओवादी केन्द्रले राजपुर, कटहरिया, मौलापुर नगरपालिका लगायतकोे साथै यमुनामाई गाउँपालिकामा अग्रता लिएको छ। संघीय समाजवादी फोरमले बौधीमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अग्रता कायम राखेको छ। त्यस्तै गौर नगरपालिकामा एमाले अगाडि छ। 

गौर नगरपालिका–१ मा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार विजयी भएका छन्। लोकतान्त्रिक फोरमका भरत साह वडाध्यक्ष विजयी भएका हुन्। वडा नं. २ मा राजपाका राकेशकुमार झा विजयी भएका छन्।

कुन स्थानीय तहमा कसकाे अग्रता ?

चन्द्रपुर नगरपालिका
कांग्रेस २१२८
एमाले २०६२
माओवादी १७५५

गरूडा नगरपालिका
कांग्रेस १००८
एमाले ९००
माओवादी ७९६ 

पहोरा नगरपालिका
कांग्रेस २७३९/२७४०
माओवादी १९२२/१९१५

बौद्धिमाई नगरपालिका 
संघीय समाजवादी ५९६
माओवादी ५९२
एमाले ५३४
राजपा ४४७
कांग्रेस ४२९

कटहरिया नगरपालिका
संघीय समाजवादी ३३५
माओवादी ३३९
एमाले १६७
कांग्रेस १२१

फतुवा विजयपुर नगरपालिका
कांग्रेस १०४३
माओवादी ७९३

मौलापुर नगरपालिका 
माओवादी १११४
राजपा ३०९
फोरम २१२

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.