|

कञ्चनपुर : जंगली बँदेलले आक्रमण गर्दा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँच जना घाइते भएका छन्। मंगलबार घरको आँगनमा बसेका बेला उनीहरूलाई बँदेलले आक्रमण गरेको हो। 

नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा ५८ वर्षीय कल्याण बोहरा, ४५ वर्षीया मनिता बोहरा, २६ वर्षीय सुरेन्द्र साउद, २० वर्षीय मानबहादुर साउद र १८ वर्षीया जानकी बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले जानकारी दिए। 

कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा घाइते पाँचै जनाको उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.