|

वीरगञ्ज : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) को अग्रता कायमै छ। उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।

बुधबार बिहानसम्ममा ३५०० मत गनिसक्दा राजपा उम्मेदवार राजेशमान सिंहले १२३९ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीको ९६६ मत छ।

यस्तै तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले ४७३ र माओवादी केन्द्रका रहबर अन्सारीले ४०९ मत पाएका छन्। एमाले उम्मेदवार बसुरुद्दिन अन्सारीले ३२५ र नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले २९३ मत पाएका छन्।

वीरगञ्जको मतगणना मंगलबार मध्याह्नबाट सुरु भएको थियो। मतगणना ठाकुरराम बहुमुखी क्याम्पसभित्र जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.