|

महोत्तरी : गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणमअनुसार माओवादी केन्द्रका शिवनाथ महतोले १०४४ प्राप्त गरेका छन्। उपप्रमुखतर्फ आशा लामाले ९८८ मत ल्याएकी छिन्। 

संघीय समाजवादी फोरमकी उम्मेदवार रामकुमारीदेवी कोइरी ९१५ मतसहित माओवादी केन्द्रलाई पछ्याइरहेकी छिन्। उपप्रमुखतर्फ रमेशकुमार यादवले ६७५ मत ल्याएका छन्।

यस्तै कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार मनुप्रसाद अधिकारीले ७०८ मत ल्याएका छन्। उपप्रमुखमा सुशीलादेवीले ७३९ पाएकी छिन्। 

राष्ट्रिय जनता पार्टीबाट प्रमुखतर्फका उम्मेदवार भोला मण्डल धानुकले ४३३ मत पाएका छन् भने उपप्रमुखतर्फ लालकुमारी लामाले ६७७ ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.