|
फाइल फोटो थाहाखबर

दार्चुला : महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ।

तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए। पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ।

यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४-७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए। चालु आवमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ। कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ।

“गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भने। आयोजनाले चालु आवमा रु ४० करोड खर्च गर्ने लक्ष्य लिएको छ। चालु आवका लागि रु २८ करोड ५० लाख बजेट विनियोजन भएकामा रु १२ करोड थप खर्च गर्ने योजना रहेको देवकोटाले बताए। वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ।

पढ्नुस् : महाकालीको बाढीले दार्चुलामा निर्माणाधीन तटबन्धको पर्खाल बगायो

            निर्माणाधीन तटबन्ध भत्कन थालेपछि दार्चुलाको खलंगाघाट बजार खतरामा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.