|

धनुषा : हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्। 

प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डलले ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्।

त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। झाले ३ हजार २७६ मत ल्याइन्। स्थानीय तह निर्वाचनको तेस्रो चरणमा असोज २ गते भएको प्रदेश नम्बर २ को यो पहिलो मत परिणाम हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.