राप्रपा फुट्नुमा यस्ता रहेछन् ६ कारण

|

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चाहेकै दिन पार्टी एकता हुने जनाएका छन्।

विजयादशमीको उपलक्ष्यमा बुधबार पत्रकारसँगको भेटघाटमा जबराले भने, ‘लोहनीजीले चाहेकै दिन पार्टी एकता सम्भव छ।’ उनले एकीकृत राप्रपा राष्ट्रवादीका सहअध्यक्ष केशरबहादुर बिष्टका छोरा नै राप्रपा प्रजातान्त्रिकको तर्फबाट राज्यमन्त्री भइसकेको स्वीकार्दै पार्टी एकता अन्तिम चरणमै रहेको बताए।

‘केशरजीकै छोरा विराज विष्ट, जसलाई हामीले राज्यमन्त्री बनाएको सत्य हो, प्रकशजी मेरो अत्यन्तै पुरानो मित्र हो’, थाहा खबरसँग प्रतिक्रिया दिँदै राणाले भने, ‘प्रकाशजीसँगको मेरो मित्रता एकतामा पूरा होस्।’ राणाले ८१ प्रतिशत हिन्दू भएको नेपाललाई धर्मनिरपेक्ष हुनु हुँदैन भन्ने पक्षमा आफूहरु रहेको बताए।

अर्को एक प्रसंगमा राणाले संविधानबमोजिम अबको निर्वाचनबाट समेत बहुमतको सरकार बन्न नसक्ने भएकाले समीकरणको संस्कृतिलाई अघि बढाउन स्थायी खालको राजनीतिक समीकरणको खाँचो औंल्याए। राणाले भने, ‘देशमा क्रियाशील राजनीतिक दल र शक्तिबीच सहमित एवं सहकार्यको आवश्यक्तालाई पूरा गर्न वृहत् प्रजातान्त्रिक मोर्चा निर्माण आजको अपरिहार्यता हो।’

राप्रपा फुट्नुका यस्ता छन् ६ कारण 

राप्रपा राष्ट्रवादीका अध्यक्ष राणाले राप्रपा फुट्नुका ६ कारणहरु रहेको बताए। उनले पार्टी विभाजन प्रिय नभए पनि राप्रपाले अवलम्बन गरेको सैद्धान्तिक, वैचारिक अवधारणाहरु पालना नहुनु, पार्टी एकतापछि पार्टीको चुनाव चिह्न हलो राख्‍ने सहमति अवज्ञा भएको र पार्टी सञ्चालन संस्थागत र पारदर्शी रुपमा नभएका कारण राप्रपाबाट अलग हुनुपरेको बताए।

राणाले पार्टी विधानबमोजिम निर्देशन समितिको गठन गर्न बारम्बार माग गर्दा नभएको, पार्टी नेतृत्व विकृत, आत्ममोह र राजनीतिक दूराशय राख्‍ने भएको र स्थानीय तहको निर्वाचनबाट नेपाली जनताले नरुचाएकोबाट एकता नचाहेकोले पार्टीबाट अलग हुनु परेको सुनाए।

‘पार्टी फुट्नुका कारण धेरै छन, २०५० सालमा राप्रपा थापा र राप्रपा चन्द एकीकरण भएपछि स्थानीय तहको चुनावमा हामीले अप्रत्यासित सफलता पायौं र १८ प्रतिशत अर्थात् २० सिट जितेका थियौं तर, अहिले त जनताले रुचाएको देखिएन।’ उनले पार्टी मिल्दा राजनीतिक रुपमा फाइदा हुनुपर्नेमा पार्टी एकीकरणपछि चौथोबाट तेस्रो हुने आशा गरेको राप्रपा झन् सातौं भएकोले आफूहरुको एकतालाई जनताले नरुचाएको देखियो।

राणाले भने, ‘६ वटा प्रदेशको चुनाव हेर्दा पटक्कै सन्तोषजनक छैन। यो त हाम्रो लज्जास्पद हार हो।’

बहुमत जिल्ला समिति आफ्नै पक्षमा रहेको राणाको दाबी

राणाले पार्टीको ४८ वटा जिल्ला कार्यसमितिले सर्वसम्मत निर्णय गर्दै राप्रपा प्रजातान्त्रिकमा आबद्ध भएको दाबी गरे। उनले भने, ‘४८ वटा जिल्ला कार्य समिति हाम्रो पक्षमा छ, बाँकी जिल्लाले पनि हाम्रै पर्टीसँग रहेको निर्णय गर्दै छन्।’

मुलुकको एकीकरण पृथ्वीनारायण शाहकै सन्तानबाट

राणाले पृथ्वीनारायण शाह र उनका सन्तानले यो मुलुकलाई एक गराएका हुन् भन्ने विषयमा पार्टी प्रस्ट रहेको जनाए। उनले भने, ‘यो मुलुकको एकीकरण गर्न पृथ्वीनारायण शाहकै सन्तानको देन छ। हामी परम्परा, धर्म, संस्कृतिअनुसार मुलुक चल्नुपर्छ भन्ने पक्षमा छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.