|

तनहुँ : पृथ्वी राजमार्गस्थित म्याग्दे गाउँपालिका ४ मनहरीमा ट्रिपरको ठक्करबाट बुधबार मोटरसाइकल चालकको मृत्यु भएको छ । ग१ख ७२१५ नम्बरको ट्रिपरले ग७प २४९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। सोही स्थानका मोटरसाइकल चालक २४ वर्षीय युवराज बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका बरालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा ज्यान गएको पाण्डेले जानकारी दिए। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सुनील गन्धर्भ घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते गन्धर्भको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र ट्रिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.