कांग्रेस,फोरम र राप्रापाद्वारा नाराबाजी सुरु

|
फाइल फोटो

लहान : सिरहाको लहान नगरपालिकाको मतगणनास्थलमा नेपाली कांग्रेसका नगरसभापतिलाई इलाका प्रहरी कार्यालय लहानका डिएसपीले मतगणनास्थलमै दुव्र्यवहार गरेपछि बुधबार दिउँसो सवा ३ बजेदेखि पुनः मतगणना स्थगित भएको छ।

लहान १० स्थित ग्रामीणमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवनमा भइरहेको मतगणनास्थलमा कांग्रेसका लहान नगर सभापति सुनीलकुमार महतोलाई डिएसपी हीराबहादुर पाण्डेले दुव्र्यवहार गरेपछि मतगणना स्थगित भएको हो। कांग्रेस, फोरम र राप्रापाले मतगणना बहिष्कार गरी नाराबाजी गरिरहेको मतगणनास्थलबाट कांग्रेसका सन्तोष सुवेदीले जानकारी दिए। लहान ३ मा कांग्रेसले झिनो अन्तरले जिते पनि विवाद भएपछि मंगलबार मध्याह्नदेखि स्थगित भएको मतगणना बुधबार बिहान मात्र सुचारु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.