काठमाडौँ: प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको एक लाख रुपैयाँ राशिको गोपालदास स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंलाई प्रदान गर्ने भएको छ।
सोही राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गर्ने निर्णय काउन्सिलले गरेको छ। यस्तै साहित्यतर्फ प्रदान गरिँदै आएको पुरस्कार भने यस वर्ष हरिहर खनाल र वियोगी बुढाथोकीलाई प्रदान गर्ने जनाइएको छ।
महिला सशक्तीकरणतर्फ प्रदान गरिँदै आएको पुरस्कार इन्दिरा अर्याल र टीका विष्टलाई प्रदान गरिने काउन्सिलले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।