|

काठमाडौं : सरकारले ल्याउन लागेको नयाँ नियमको विरोधमा चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सरकारले 'उपचारका क्रममा लापरबाही भएर बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने' नियम बनाउने निर्णय गरेको छ। 

सरकारले यस निर्णय तत्काल खारेज नगरे आगामी शुक्रबारदेखि देशभरका  अस्पताल तथा स्वास्थ्य संस्थाका  आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ।

'सरकारले सो निर्णय फिर्ता नलिए २०७४ आश्विन ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' यसको यथोचित कार्यान्वयनका लागि संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपालभरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसै विज्ञप्तिमार्फत तयारी अवस्थामा रहन समेत सूचित गरिन्छ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.