|

इलाम : देउमाइ नगरपालिकास्थित मंगलबारेमा जारी टंकमाया गौतम स्मृति  प्रदेश नं १ स्तरीय बुद्धिचाल प्रतियोगितामा तीन खेलाडीले अग्रता लिएका छन्। बुधवार तीन राउण्डका खेल सम्पन्न हुँदासम्म पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) , हिमाल राई र सुमन श्रेष्ठ अपराजित रहँदै समान तीन अंकका साथ अग्र स्थानमा छन्।

पहिलो राउण्डदेखि नै पहिलो बोर्डमा खेलेका निरौलाले तेस्रो राउण्डमा हरि सुब्बालाई पराजित गरेका हुन्।  राईले राजन सुवेदीलाई तथा श्रेष्ठले सुरेन्द्र कुमार राईलाई पराजित गरे। 

प्रतियोगितामा पूर्वाञ्चल च्याम्पियन प्रकाश नेपाल र एमेच्योर च्याम्पियन मणिराज डाँगीले भने आशातित प्रदर्शन गर्न सकेनन्। नेपाल दोस्रो राउण्डमा हिमाल राईसँग तथा डाँगीले सुरेन्द्र कुमार राईसँग पराजित भए। डाँगीको दुई अंक रहेको छ।

दोस्रो राउण्डमा बराबरी खेलेका सुमन राई तेस्रो राउण्डमा चुडामणी कुलुङ्ग राईलाई पराजित गरेसँगै उपाधि होडमा कायमै छन्। उनको २.५ अंक रहेको छ। त्यस्तै संजय राइको पनि समान २.५ अंक रहेको छ।

प्रतियोगितामा बिहीबार थप तीन राउण्डका खेलहरु हुने चिफ आरविटर विदुर गौतमले जानकारी दिए। बिहिबारको पहिलो राउण्ड बिहान आठ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको विजेताले नगद २५ हजार प्राप्त गर्नेछन्। 

दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले नगद १० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताका उत्कष्ट दशसहित विभिन्न विधाका गरी १७ खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्। ६ गतेसम्म संचालन हुने सो प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.