|

झापा : शिवसताक्षीस्थित दूधेमा प्रथम दूधे गोल्डकप बुधबारबाट सुरु भएको छ। स्थानीय दूधे युथ क्लबको आयोजनामा बुधबारदेखि गोल्डकप सुरु भएको हो।

बुधबार भएको उद्घाटन खेलमा चर्च व्वाईज युनाइटेड विजयी भएको छ। उसले आयोजक दूधे युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्बाईज विजयी भएको हो।

विजयी भएसँगै चर्च व्वाईज सेमिफाइनलमा प्रवेश गरेको छ। सुरुवाती समयदेखि नै आक्रमक बनेको चर्च ब्वाईजका लागि खेलको २४ औँ मिनेटमा जर्सी नम्बर १५ का अरुण श्रेष्ठले एक गोल गरे। त्यस लगत्तै पहिलो हाफकोे २८ औँ मिनेटमा आयोजकले आत्मघाती गोव गर्‍‍यो।

यस्तै दोस्रो हाफको २० औँ मिनेटमा चर्च व्वाईजका जर्सी नम्बर ११ का भुवन बस्नेतले तेस्रो गोल गरे। बुधबारको खेलको 'म्यान अफ द म्याच' चर्च व्वाईज जर्सी नम्बर १५ का अरुण श्रेष्ठ भए। उनले नगद ५ हजार प्राप्त गरे।

११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा रमपम झापा ११, रुपन्देही ११, हिमालयन शेर्पा, एपिएफ, त्रिभुवन आर्मी, मोरङ ११, चर्च व्वाईज,  आयोजक टिम सहभागी छन्। 

प्रतियोगितामा प्रथम हुनेले ३ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताअन्तर्गत भोलीको खेल हिमालयन शेर्पा र झापा ११ बीच हुने आयोजक दूधे युथ क्लबका अध्यक्ष  सन्तोष थोप्राले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.