|

लहानः सिरहाको पश्चिमी सिमानामा पर्ने कर्जन्हा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। कर्जन्हामा माओवादी केन्द्रबाट प्रमुख गंगा पासवान चार हजार ३०९ मत र उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ चार हजार ३१३ मत ल्याएर विजयी भएका हुन्। 

निकटतम् प्रतिद्वन्द्वी प्रमुख पदका उम्मेदवार नेकपा एमालेका रामदियाल महतो तीन हजार १९० र उपप्रमुख पदकी अञ्जु राईले दुई हजार ९४५ मत प्राप्त गरेका छन्। ११ वटा वडा रहेको कर्जन्हामा माओवादी केन्द्रका उम्मेदवारहरू १, ४, ५, ७, ८, ९, १० र ११ मा वडाध्यक्षसहित प्यानल विजयी भएका छन्। वडा नं. ३ मा पनि माओवादी केन्द्रले वडाध्यक्ष जितेको भए पनि बाँकी चार सदस्यहरू नेकपा एमालेले जितेको छ। एमालेले वडा नं. २ र ६ मा मात्र प्यानल जितेको छ। 

माओवादी केन्द्रबाट वडाध्यक्षहरूमा कर्जन्हा १ मा मोहनबहादुर खत्री, ३ मा कपिलेश्वर यादव, ४ मा टेकबहादुर सिंगार तामाङ, ५ मा चन्द्रभूषण खाती, ७ मा जयकिशोर साह, ८ मा प्रकाश अधिकारी दनुवार, ९ मा बहादुर महरा, १० मा जगदीश साह तेली र ११ मा कपिल यादव विजयी भएका छन्। 

त्यस्तै, एमालेबाट वडाध्यक्षमा कर्जन्हा २ मा गणेशकुमार अधिकारी, ६ मा जगदीश महतोसहित प्यानल विजयी भएको छ। कुल १५ हजार ५७४ मतदाता रहेको कर्जन्हामा सोमबार भएको मतदानमा १२ हजार १२० मत खसेको थियो। 

को हुन् प्रमुख र उपप्रमुख?
माओवादी केन्द्रका पूर्णकालीन कार्यकर्ता रहेका प्रमुख पासवान पूर्व राज्य समिति सदस्य, सिरहा जिल्ला समिति सदस्य र वाईसीएलका केन्द्रीय सदस्यसमेत हुन्। साधारण परिवारका पासवान उक्त क्षेत्रमा लोकप्रिय दलित नेता मानन्छिन्। 

त्यस्तै, उपप्रमुखमा जितेकी श्रेष्ठ अखिल नेपा महिला संघकी केन्द्रीय सदस्य र माओवादी केन्द्रकी सिरहा जिल्ला सदस्य हुन्। जनयुद्धकालीन समयदेखि नै पार्टीको पूर्णकालीन सदस्य रहेकी श्रेष्ठ पार्टीकी इमान्दार र कुशल महिला नेतृ मानिन्छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.