|
Photo File

एजेन्सी : अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ। मारिएकामध्ये आठजना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू ५२ जना घाइते छन्।

गत चौबिस घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक-पटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ। “राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही र १४ प्रान्तमा दश वटा विषेश सुरक्षा कारबाही चलाएका थिए । ती कारबाहीहरूमा परी ६१ जना मारिएका छन्” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

मारिनेमध्ये आठ जना तालिवान कमाण्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट (आईएस)का लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ। 

मन्त्रालयले ५२ जना लडाकू घाइते भएका र दुई जनालाई पक्राउ गरिएको पनि बुधबार बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.