|

  • विन्दुभूषण साह

वीरगन्ज : सर्वाधिक चासोको रुपमा देखिएको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंजमा प्रमुख र उप–प्रमुखमा राजपा नेपाल अग्रस्थानमा छ। बुधबार राती ९ बजेसम्म ७२०० मतगणना भइसक्दा राजपाबाट प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले २१४३ मत प्राप्त गरेका छन्।  

उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार द्विवेदीले १८०५ मतका साथ पछ्याईरहेका छन्। यसैगरी संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार विजय सरावगी तेस्रो स्थानमा छन्।

उनले ९९५ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी ७३९ मतका साथ चौथो स्थानमा छन्। नेशनल मेडिकल कलेजका संचालक समेत रहेका एमालेका प्रमुख पदका उम्मेदवार वसरुद्धिन अन्सारी ६२५ मतका साथ पाँचौ स्थानमा र ५३८ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन्। 

यस्तै वीरगंज महानगरपालिकाको उप–प्रमुखमा राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता कायम रहेको छ। बुधबार राति पौने नौ बजे सम्म सार्वजनिक मतपरिणाम अनुसार राजपाकी उम्मेदवार मिश्राले २०१२ मत ल्याएकी छिन्। उनलाई नेपाली कांग्रेसकी उप–प्रमुखकी उम्मेदवार शान्ति कार्कीले १९७४ मत ल्याएर झिनो मतान्तरले पछ्याईरहेकी छिन्। 

त्यस्तै फोरम नेपालकी उम्मेदवार पिंकी यादव ८५८ मतका साथ तेश्रा , एमालेकी उम्मेदवार सोफिया आचार्य ७७४ मतका साथ चौथो, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ५८२ मतका साथ पाँचौ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ४३९ मतका साथ छैठौं स्थानमा छन्।

वीरगंज महानगरपालिकामा कुल १ लाख ८ हजार ५ सय १ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा जम्मा ८४ हजार ३ सय ६३ मत खसेको थियो। अहिले १० वटा टोली बनाएर मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीका अनुसार असोज १० गतेसम्ममा पुरै मतगणना सम्पन हुनेछ। 

पर्साका तीन नगरपालिकामा ३ अलग अलग-दलको अग्रता

पर्सा जिल्लाको वीरगंज पछिको पहिलो नगरपालिकाको रुपमा रहेको पोखरीया नगरपालिकामा संघीयसामाजबादी फोरम नेपाललाई पछ्याउदै नेपाली जनता दलले अग्रता लिएको छ। 

बुधबार राति ९ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रमुखमा जनता दलका उम्मेदवार दिपनारायण रौनियार  १०५३ मत प्राप्त गरी पहिलो स्थानमा छन्। संघीय सामाजवादी फोरम नेपालका उम्मेदवार प्रदुमन चौहानले १०२० मत प्राप्त गरी दोस्रोमा छन्।

नेपाली काँग्रेसका उम्मेदवार तथा पुर्व सांसद् रामेश्वर रौनियार ३३७ मतका साथ तेस्रो स्थानमा छन्। यस्तै पर्साकै बहुदरमाइ नगरपालिकामा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । बुधबार राति ९ बजे सार्वजनिक मत परिणाम अनुसार , प्रमुखमा काँग्रेसका उम्मेदवार नितेन्द्र साह ८२१ मतका साथ पहिलो स्थानमा छन्। 

पर्साको पर्सागढी नगरपालिकाम प्रमुख पदमा एमालेले अग्रता लिइरहेको छ। बुधबार राति ९ बजेसम्मको मतपरिणाम अनुसार प्रमुखमा एमालेका उम्मेदवार २२१३ मतका साथ पहिलो स्थानमा छन्। 

पर्सागढी नगरपालिकाको उप–प्रमुखमा भने काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। उप–प्रमुखमा काग्रेसका उम्मेदवार २१५७ मतका साथ अगाडि रहँदा उनलाइ एमालेका उम्मेदवार १९९८ मतका साथ पछयाइरहेका छन्। 

पर्साको १० वटा गाउँपालिकामा कुन दलको दबदबा ?

पर्साको १० वटा गाउँपालिकामध्ये मा ४ वटा गाउँपालिकामा फोरम नेपालले अग्रता कायम गरिररहेको छ। एमाले २, नेपाली काँग्रेस र नेपाली जनता दलले १ ÷१  माओबादी केन्द्र २÷२ गाउपालिकामा अग्रता कायम राखेको छ। 

संघीय समाजवादी फोरम नेपालले धोबिनी, सखुवाप्रसौनी,छिपहरमाई र जगरनाथपुर गाउँपालिकामा अगाडी देखिएको छ। एमालेले पटेर्बासुगौली गाउँपालिका र बिन्दबासनी गाउँपालिकामा अगाडी छ।

माओवादी केन्द्रले ठोरी र पकहामैनपुर गाउँपालिकामा लिड गरिरहेको छ। काँग्रेस जिरा भवानी गाउँपालिकामा  अगाडी देखिएको छ। नेपाली जनता दल कालिकामाई गाउँपालिकामा अगाडी देखिएको छ। 

पर्सामा कुन पार्टीले कति वडा जित्यो ?
पर्साको १४ वडा स्थानिय तहमध्ये सबै भन्दा बढी ४ स्थानिय तहमा अगाडी रहेको संघीयसामाजबादी फोरम नेपालले ५ वटा वडामा जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले र   नेपाली कांग्रेसले ३÷३ वडामा जित हासिल गरेको छ। नेपाली जनता दलले २ वटा वडामा जितेको छ। राजपा नेपालले १ वडा जित्दै खाता खोलेको छ। विस्तृत विवरण तल रहेको छ : 
एमाले 
विन्दवासिनी गाउँपालिकाको वडा नं.१
पकहामैनपुर गाउँपालिकाको वडा नं.१
पटेर्वा सुगौली गाउँपालिकाको वडा नंं.१
कांग्रेस 
पर्सागढी नगरपालिकाको वडा नं.१ र २ 
ठोरी गाउपालिकाको वडा नं.१ 
फोरम नेपाल 
पोखरिया नगरपालिकाको वडा नं.१ 
धोविनी गाउपालिकाको वडा नं.१
छिपहरमाई गाउपालिकाको वडा नं.१र २
जगरनाथपुर गाउपालिकाको वडा नं.१ 
नेपाली जनता दल 
पोखरिया नगरपालिकाको वडा नं.२
कालिकामाई गाउपालिकाको वडा नं.१
राजपा नेपाल
बहुदरामाई नगरपालिकाको वडा नं. १
(राती साढे ९ बजे सम्मको मत परिणाम अनुसार १४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.