|

सिरहा: सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले जित हात पारेका छन्। उनी  २ हजार २३६ प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका चन्देश्‍वर मण्डलले २ हजार २०९ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा माओवादीकै शियावती मुखिया २ हजार २९९ मतका साथ विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रामकुमारी महतोले २ हजार २९८ मत प्राप्त गरिन्।

पाँचवटा वडा रहेको यस गाँउपालिकामा वडा  १ र २ माओवादी केन्द्र, ३ संघीय समाजवादी फोरम, ४ एमाले र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.