|

गौर : रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

चुनावको विषयलाई लिएर गएराति भएको सो झडपमा संलग्न रहेको आशंकामा कांग्रेस कार्यकर्ताहरु ३० वर्षीय अनुठा यादव, १८ वर्षका भुटा राय यादव र बैजु साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.