|

गोरखा : धार्चे गाउँपालिकाको लाप्राकमा भालुले आक्रमण गर्दा एक जना घाइते भएका छन्। घर बनाउने काठ लिन गाउँमाथिको लेक पुगेर फर्कने क्रममा भालुले आक्रमण गर्दा स्थानीय कामी गुरुङ घाइते भएका हुन्। उनको देब्रे आँखा र देब्रे कान भालुले खाइदिएको स्थानीय शिक्षिका ओम्नी गुरुङले जानकारी दिइन्। 

‘हिजो बुधबार काठ लिन लेक जानु भएको रहेछ’ उनले भनिन् ‘पछि अरु साथीहरुले देख्दा उहाँ लडिरहनुभएको थियो। पछि भालुलाई लखेटेर गाउँलेहरुले बोकेर ल्याए।’ स्थानीयका अनुसार उनको नाक, तथा शरिरको विभिन्न भागमा भालुले चिथोरेको र टोकेको छ। 

गुरुङलाई बिहीबार बिहान हेली डाइनेमिक मार्फत उद्दार गरी काठमाडौंको शिक्षण अस्पताल लगिएको छ। एक लाख ४० हजार खर्चेर उनलाई हेलिकोप्टर चार्टर गरिएको जगबहादुर गुरुङ्गले जानकारी दिए। शिक्षण अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरी कामीको उपचार थालिएको जगबहादुरले टेलिफोनमा जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.