|

पर्सा : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा विजय दर्ता गर्दै एमालेले खाता खोलेको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा नेकपा एमालेका अमानत अन्सारी विजयी भएका छन्। कांग्रेसका उम्मेदवार अली हुसेन देवानलाई ११ मतले पराजित गर्दै अन्सारी विजयी भएका हुन्।

वडा अध्यक्षमा निर्वाचित अन्सारीले ४ सय ६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देवानले ४ सय ५५ मत प्राप्त गरेका छन्। दुई हजार ३२ मतदाता रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा सोमबार भएको निर्वाचनमा १ हजार ७२४ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.