दाङ : दाङको देउखुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लमही नगरपालिका ६ देउपुरस्थित अर्जुन खोला सिचाई आयोजनाको कुलोमा डुबेको अवस्थामा स्थानीय ६४ वर्षीय जोखन चौधरी फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
कुलोको पानीमा डुबेर चौधरीको मृत्यु भएको प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए। कुलोले बगाएर चौधरीलाई चार सय मिटर तल पुर्याएको थियो।
स्थानीय वासिन्दाले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको लमही ६ का वडा अध्यक्ष गणेशमान चौधरीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।