|

पाल्पा : पाल्पाको ऐतिहासिक दरबार रानीमहल नजिकै गाईघाटमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ। सञ्चारकर्मी बसन्त कुवँर (सुशीलले) ले डिउ क्याम्पिङ रिर्सोट सञ्चालन गरेका हुन्। रानीमहल हेर्न आउने पर्यटकका लागि बगनासकाली गाउँपालिका ७ गाईघाटमा करिब २० लाख रुपैयाँको लागतमा रिसोर्ट सञ्चालन गरिएको कुँवरले बताए।

रिसोर्टमा स्थानीय स्तरमा उत्पादित वस्तुहरु कोदो, मकै, फापर, जौं, भुईकटहर लगायतबाट बनेका परिकारको स्वाद लिन पाइनुका साथै स्वीमिङ पुल र फिसिङको मजा लिन पाइने कुँवरले बताए। त्यस्तै सेप्रेट क्याम्प साइट, पिकनिक स्पट,  जङ्गल ट्रेकिङ र सुविधायुक्त बस्ने ब्यवस्था समेत रहेको छ।

रानीमहल घुम्न जाने पर्यटकहरु बास बस्ने पर्याप्त ठाउँ नहुँदा एक दिनमा नै फर्कनुपर्ने बाध्यता थियो। अब उनीहरुलाई केही सहजता हुने रिसोर्ट सञ्चालक कुँवरले बताए। पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले सञ्चारकर्मीले सञ्चालन गरेको रिसोर्टले रानीमहलको पर्यटकीय विकासमा थप टेवा पुर्‍याउने विश्वास गरे।

स्थानीय शिक्षक हरिप्रसाद गैरेले पर्यटकीय महत्व बोकेको तर विकटताका कारण ओझेलमा परेको गाईघाटमा रिसोर्टहरु सञ्चालन हुन थालेपछि रानीमहल क्षेत्रमा पर्यटक अझै बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.