|

महोत्तरी : सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र विष्णु गाउँपालिका अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएका छन्।
धनकौलको अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी भएका छन्। उनले ४ हजार ५२१ मत प्राप्त गरे। साहका प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार गौरी साहले ३ हजार २८२ मत प्राप्त गरे। 

धनकौल उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै जित हात पारेको छ। उपाध्यक्षमा ४ हजार ४६१ मत प्राप्त गर्दै कांग्रेसकी अकली सहनी निर्वाचित भएकी छन्।
धनकौल गाउँपालिकामा साविकका धनकौल सहित हरकठवा, महिनाथपुर, सेखौना र छटौल गाविसलाई मिलाइएको हो। ७ वटा वडा रहेको धनकौलमा ४ वटा वडामा कांग्रेस र ३ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ।

सर्लाहीकै विष्णु गाउँपालिका अध्यक्षमा भने उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। विष्णु गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक फोरमका उम्मेदवजार जवाहारलाल यादव १ हजार ९४६ मत ल्याएर विजयी भएका छन्। उनले संघीय समाजवादी फोरम नेपालका अरविन्दकुमार सिंहलाई पराजित गरेका हुन्। सिंहले १ हजार ५४९ मत प्राप्त गरे।

विष्णु गाउँपालिकाको उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै जित भएको छ। उपाध्यक्षमा उषा देवी १ हजार ९३२ मत ल्याएर विजयी भएकी हुन्। उनले माओवादी केन्द्रकी उम्मेदवार अन्जुकुमारी बैठाले १ हजार ७२१ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.