|

वीरगञ्ज : पर्सा जिल्लाको १४ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तहको मत परिणाम आएको छ। पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्।

ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा पीएल श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रकी शान्ति थिङले जितेकी छिन्।

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगंजमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसलाई राष्ट्रिय जनता पार्टी नेपालले पछयाइरहेको छ।

पर्सामा नतिजा आउन बाँकी १२ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै ४ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले वीरगञ्ज महानगरपालिका, बहुदरामाई नगरपालिका र जिराभवानी र विन्द्यवासिनी गाउँपालिका अग्रता लिएको हो।

वीरगञ्ज महानगरपालिकामा ७००० मत गन्दा नगर प्रमुखमा नेपाली कांग्रेस अजय द्विवेदीले २६०४ मत ल्याएका छन्। राजपाका राजेशमान सिंहले २५५८, फोरम नेपालका विजय सरावगीले १७५० र माओवादीका रहबर अन्सारीले १४२८ मत ल्याएका छन्। नेपाल लोकतान्त्रिक फोरमले विमल श्रीवास्तव ७८८ मत ल्याएका छन्।

बहुदरामाई नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवारले १२६५ मतका साथ पहिलो स्थानमा छन्। उनलाई संघीय सामाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवारले ९०५ मतका साथ पछ्याइरहेका छन्।

त्यस्तै संघीय समाजवादी फोरमले ३ वटा स्थानीय तहमा अग्रता लिएको छ। उसले धोविनी, छिपहरमाई र सखुवा पर्सौनी गाउँपालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले पकहामैनपुर र जगरनाथपुर गाउँपालिकामा अग्रता लिएको छ। नेपाली जनता दलले पोखरिया नगरपालिकासंगै कालिकामाई गाउँपालिकामा पनि अग्रता लिएको छ। नेकपा एमालेले पर्सागढी नगरपालिकामा अग्रता लिएको छ। एमालेका प्रमुख पदका उम्मेदवार गोकर्ण पाठक २७२८ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार लोकनारायण यादवले २३२५ मतका साथ पछयाइरहेका छन्।

हेर्नुस् कुन स्थानीय तहमा कुन पार्टीको अग्रता?

नेपाली कांग्रेस

१. वीरगञ्ज महानगरपालिका

२. बहुदरामाई नगरपालिका

३. जिराभवानी गाउँपालिका

४. विन्द्यवासिनी गाउँपालिका

संघीय सामाजवादी फोरम, नेपाल

१. धोविनी गाउँपालिका

२. छिपहरमाई गाउँपालिका

३. सखुवा प्रसौनी गाउँपालिका

माओवादी केन्द्र

१. जगरनाथपुर गाउँपालिका

२. पकहामैनपु गाउँपालिका

नेपाली जनता दल

१. कालिकामाई गाउँपालिका

२. पोखरिया नगरपालिका

नेकपा एमाले

१ पर्सागढी नगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.