राजविराज नगरपालिका १५ मा मतदान जारी

|

काठमाडौं : स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसो १ बजेसम्म १७ स्थानीय तह र ५७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, 'निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपरान्ह १ बजेसम्म प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेस ६ स्थानीय तहमा, नेकपा एमाले ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम २/२ स्थानीय तह र राष्ट्रिय जनता पार्टी नेपाल एक स्थानीय तहमा विजयी भएका छन्।' त्यस्तै हालसम्म ५ सय ७८ वटा वडाको अन्तिम मतपरिणाम निर्वाचन आयोगलाई प्राप्त भएको ढकालले जानकारी दिएका छन्। 

अन्य स्थानीय तहमा भने शान्तिपूर्ण रुपमा मतगणना भइरहेको आयोगले जानकारी दिएको छ। विज्ञप्तीमा भनिएको छ, 'मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको छ।'

आयोगले मतगणना कार्यलाई छिटो सम्पन्न गर्नका लागि प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा ३ सय ३९ वटा मतगणना टोलीले गणना कार्य जारी राखेको जानकारी दिएको छ। 

त्यस्तै, राजपा नेपालका वडाध्यक्षका उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका वडा नम्वर १५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको आयोगले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.