|

काठमाडौँः जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँ जिल्लाको आयोजनामा संविधान दिवशको अवसर पारेर मंगलबार ‘शुभकामना विशेष कविगोष्ठी’ सम्पन्न भएको छ।

जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँका अध्यक्ष रूपक अलंकारको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा गीता सापकोटा, बालकवि अभिषेक अधिकारी, मञ्जुश्री प्रधान के.सी., शारदा पराजुली, ललिता दोषी, असीम सागर, इन्दु अंशु, यशोदा अधिकारी, इन्दिरा दाहाल, प्रेमराज सिलवाल, बैरागी जेठा, देवु लुइँटेल, गायत्री लम्साल, डम्बर घिमिरे, अन्जना राई, डिल्लीराज अर्याल, अच्यूत घिमिरे, गोविन्द नेपाल, रामकुमार पण्डित क्षेत्री, प्रेम लुइँटेल, गंगा पौडेल कर्माचार्य, दिव्यलक्ष्मी पोखरेल, डा. देवी नेपाल, सोमराज अभय, कणाद महर्षि, आर.एम. डंगोल, वासुदेव अधिकारी, सुनिता पौडेल, रामचन्द्र खतिवडा, रमेश पोखरेल र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए।

वाचित कवितामाथि समीक्षक विनोद मन्जनले टिप्पणी गर्दै कविता भनेको संश्लेषणात्मक हुनुपर्ने, घटनाको विवरण कविता हुन नसक्ने, धेरै लामो पार्दा कविताको सौन्दर्य गुम्ने बताए। मन्जनले सन्दर्भलाई सार्थक पार्ने र सूक्तिमय पार्ने काम कवितामा हुनुपर्ने र कल्पनाशीलता, विम्ब, प्रतीक र सौन्दर्य कविताका गहना भएको धारणा राखे। 

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले वर्गीयतााई माक्र्सवादसँग गाँसेर लेख्ने स्रष्टाहरूको बाहुल्य रहेको बताए। नयाँनयाँ कोणबाट कविताहरू आएका बताउँदै उनले अहिलेको दूषित समाजमा विचारसहितको गतिलो सिर्जना दिनु आवश्यक रहेको धारणा राखे। 

जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले संविधान दिवशको विशेष दिन पारेर विशेष कविगोष्ठीको आयोजना हुनु आफैँमा खुसीको कुरा भएको उल्लेख गरे। अहिले संविधान पनि कार्यान्वयन भइरहेको अवस्था रहेकामा उनले खुसी पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.