|

विराटनगर : मोरङको कानेपोखरी गाउपालिका ३ स्थित चन्द्रकुमार राईको घरमा बिहीबार बिहान २ बजे आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। आगलागीबाट घरभित्र सुतेका ५५ वर्षीय चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, ४६ वर्षीया श्रीमती पार्वता राई र ४४ वर्षीया बहिनी विष्णुमाया राईको मृत्यु भएको हो।

छिमेकी पूर्ण कन्दङ्वाका अनुसार बिहान २ बजे घरको धुरीमा धुवाँको मुस्लो देखेपछि के भएछ भनेर हेर्न जाँदा सिंगो घर जलिसकेको र बाँधेका चौपायाहरु फुकाएपनि मानिसहरु बचाउन नसकेको बताए। चन्द्रका २ छोराछोरी रचना र राजकुमार काठमाडौंमा अध्ययनरत रहेका छन्। बहिनी बिष्णुका जेठा छोरा बुहारी जापानमा बस्दै आएका छन्। उनी पनि जापान जाने तयारीमा आमा र दाजुसँग बिदा माग्न माइतीघरमा आएकी थिइन्।

यो घटनाले सिंगो कानेपोखरी गाँउपालिका शोकमग्न बनेको छ। वडाअध्यक्ष किर्तिमान मादेनले यो घटनाले अत्यान्तै मर्माहत बनाएको बताएका छन्। बिहीबार बिहान २ बजे आगलागी हुँदा १ करोड बढीको क्षति भएको पथरी प्रहरीले जनाएको छ। आगलागीबाट एउटा हाते ट्रयाक्टर सहित घरका सबै सामान जलेका छन्।

चार जनाको शव भने चिन्न नसक्ने अवस्थामा निकालेको प्रहरीले जनाएको छ। विराटनगर, इटहरी र दमकको तीनवटा वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा प्रहरीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.