|

काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अधिकांश निकाय भ्रष्टाचारमा लिप्त भएका कारण देशको प्रगति हुन नसकेको बताएका छन्।  शिखा बुक्सले ल्याएको 'अबको नेपाल संभावना र कार्यदिशा' नामक पुस्तक विमोचन गर्दै नेता नेपालले देश विकासको कडी पत्ता लगाउनुपर्ने बताए।

उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर यसलाई आधुनिकिकरण गर्दै व्यवसायिकरण गर्नुपर्ने बताए। 'तर हाम्रो राज्य चाहँदैन । यो राज्य भ्रष्टाचारमा लिप्त छ,' उनले भने,'विकासका लागि राज्यका विभिन्न एजेन्सीहरुको भूमिका महत्वपूर्ण हुनुपर्छ। योजना, समयसिमा, अनुमगन,मुल्याङ्कन र अनुसन्धानमा समस्या छ। कोही जिम्मेवार हुन चाहँदैनन्। प्रोत्साहन गर्ने प्रवृत्ति छैन।'

उनले मनमोहन अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिनुपर्ने बताए। 'संसारमा निजी लगानी, सरकारी लगानीले फेल खाएको छ। तर सहकारीताले सफलता पाएको छ। मनमोहन त्यस्तै विभिन्न व्यक्तिहरुको सहकारीताबाट खुलको अस्पताल हो। यो नर्भिक जस्तो पुँजिपतिहरुले खोलेको संस्था होइन।'

उनले भने,' यसका कामहरु गलत भए। गलत काम रोक्नका लागि आवाज उठाउनु जायज हो। तर मनमोहनको नाम आउने बित्तिकै विरोध गर्नुपर्छ भन्ने मान्यता राम्रो भएन। एमबीबीएस पढ्नका लागि हामीले विदेशमा ठूलो अर्थतन्त्र पठाएका छौं यसलाई यही नै रोक्नुपर्छ।'

३२ आलेखको संग्रह रहेको 'अबको नेपाल संभावना र कार्यदिशा' पुस्तकको सम्पादन पत्रकारद्वय योगेश ढकाल र कृष्ण गिरीले गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.