|

काठमाडौंः दशैं तिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका छन्। बिहीबार लक्की ड्र मार्फत चौधरीले मव्६रसाइकल जित्न सफल भएका हुन्। 
सोमबार चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका हुन्। उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए। 

दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहार मध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो।  बिभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्र मार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए। दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरेको छ। 
अहिले सम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको  मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए। भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै अध्यक्ष साउदले २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.