|

वीरगञ्ज  : पर्साको वीरगञ्ज महानगरपालिकामा ४ घण्टादेखि मतगणना स्थगित भएको छ। गणना भइसकेको मत पनि सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम, राजपा नेपाल लगायतका दलले विरोध गरेपछि गणना स्थगित भएको हो।

वीरगञ्ज महानगरपालिकाको मततगणना ठाकुरराम बहुमुखी क्याम्पसमा १० वटा टोलीले गरिरहेको छ। बिहीबार दिउँसोसम्म १८ हजार मत गणना गरिसक्दा ११ हजार मतको मात्र नतिजा सार्वजनिक गरिएको भन्दै संघीय समाजवादी फोरम, राजपा लगायतका दलका प्रतिनिधिले विरोध जनाएका हुन्। उनीहरुले गणना भएको सबै मत सार्वजनिक गर्न माग गरेका छन्।

ती उम्मेदवारहरुले सत्तारुढ दलले धाँधली गर्न लागेको समेत आरोप लगाएका छन्। यस विषयमा मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीसँग कुराकानी गर्दा सम्पर्क हुन सकेन। अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका अजय द्वीवेदी अगाडि छन् भने राजपा नेपालका उम्मेदवार राजेशमान सिंह दोस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.