|

विराटनगरः सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले सरकारलाई असहयोग गर्ने गरी गतिविधि भए टे«ड युनियनबारे पुनर्विचार गरिने संकेत गरेका छन्। 

विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सरकारले अह्राए खटाएको ठाउँमा नगएर कर्मचारीहरूले अटेरी गरेको विषयमा घुमाउरो पाराले असन्तुष्टि जनाए। ‘कर्मचारीको काम राज्यले अह्राए खटाएको ठाउँमा काम गर्ने हो’, मन्त्री बस्नेतले भने, ‘भनेको काम नगर्ने हो र राजनीति गर्ने हो भने कर्मचारी पद छोडेर फिल्डमा आउँदा हुन्छ।’ 

सरकारले खटाएको स्थानीय तहमा नगएर विभिन्न वहनना गरे टे«ड युनियनको भूमिकाको आधारमा ‘केही सोच्नुपर्ने अवस्था आउनसक्ने’तर्फ उनले ध्यानाकर्षण गराए। ‘आफ्नो जिम्मेवारी के हो भन्नेबारे नबुझ्ने हो भने टे«ड युुनियनको भूमिकाका आधारमा सरकारले केही सोच्नुपर्ने अवस्था आउन सक्छ’, मन्त्री बस्नेतले भने, ‘ट्रेड युनियनले सरकारलाई सहयोग गर्नुपर्छ।’

सरकारले कर्मचारी व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले कर्मचारीको व्यक्तिगत अवस्था हेरेर खटाएको काममा नगए तलब रोक्का गर्नसमेत सकिने संकेत गरे। 

कर्मचारी अपुग हुँदा समस्या
मन्त्री बस्नेतले स्थानीय तह कार्यान्वयनको चरणमा कर्मचारी अभाव हुँदा समस्या भएको बताएका छन्। देशभरका १०० देखि डेढ सय गाउँपालिका तथा नगरपालिकामा र एक हजारभन्दा बढी वडामा कर्मचारी नहुँदा जनप्रतिनिधि आफैँले दोहोरो काम गर्नुपर्ने अवस्था आएको मन्त्री बस्नेतले बताए।

‘कतिपय ठाउँमा कर्मचारी नहुँदा कार्यालय प्रमुख र कार्यालय सहायकको समेत काम जनप्रतिनिधिले गर्नुपरेको अवस्था छ’, मन्त्री बस्नेतले भने, ‘देशभर न्यूनतम १६ हजार कर्मचारीको आवश्यकता भएको भए पनि अहिले ११ हजार मात्रै छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.