|

बागलुङ : बडीगाड गाउँपालिकामा सडकबाट जीप खोलामा खस्दा ६ जना यात्रु घाइते भएका छन्। बागलुङ बजारबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ज १०६७ नम्बरको जीप बडीगाड गाउापालिका–६ खालमा सडकबाट १६ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

स्टेरिङले काम नगरेर अनियन्त्रित भई जीप सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायब निरीक्षक भोज बहादुर बानियाँले जानकारी दिए।

स्थानीय मेडिकलमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारकाका लागि अस्पताल लगिएको छ। ४ जनालाई बागलुङ बजार र २ जनालाई बुर्तिबाङ पठाइएको बानियाँले बताए। 

दुर्घटनाका घाइते ठेगाना नखुलेकी ५२ वर्षीय बालकुमारी विक, १९ वर्षीय अविन विक, बडीगाड गाउँपालिका–८ पुरानो गाउँका २७ वर्षीय शोभा श्रीस तथा जीपका चालक गलकोट नगरपालिकाका कृष्ण कार्कीलाई थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ। 

उनीहरुमध्ये ५२ वर्षिय बालकुमारी विकको अवस्था जटिल रहेको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र आँखामा चोट लागेको छ। त्यस्तै ढोरपाटन नगरपालिका–६ अधिकारीचौरका १९ वर्षीय भविन्द्र बुढा र ढोरपाटन नगरकै वडा नम्बर–४ का १९ वर्षीय गोभिलाल अर्गेजालाई थप उपचारको लागि बुर्तिबाङ पठाईएको छ।

जीपमा ११ जना सवार थिए। ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.