|

हुम्ला : सदरमुकाम सिमकोटमा  निशुल्क हाडजोर्नी स्वास्थ्य शिविर संचालन भएको छ। नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाण्डौ, रोटरी क्लब र स्विचरल्यान्डको आर्थिक सहयोगम तथा हुम्ला उद्योग वाणिज्य संघ, जिल्ला स्वास्थ्य कार्यलयको समन्वयमा शिविर संचालन भएको हो।  

नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाण्डौका विशेषज्ञ हाडर्जोनी डाक्टर कैलाश भण्डारीको संयोजकत्वमा हुम्लाा आएको टोलीले ६० जानको निशुल्क शल्यक्रिया गरेको छ।

जिल्लाका अधिकांस ग्रामीण भेगमा रहेका बालबालिकादेखि जेष्ठ नागरिक तथा अपाङ्गलाई समेत मध्य नजर गरेर शिविर सञ्चालन गरिएको  नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाण्डौका  प्रशासन  प्रमुख श्याम रुपाखेतीले बताए। 

शिविरमा १ हजार ६२ जना भन्दा बढिको स्वास्थ्य परीक्षण गरिएको तथा ५ लाख रुपैयाँ बराबरको औषधि निशुल्क वितरण  गरिएको  उनले बताए। 
‘असोज २ गतेबाट संचालन भएको शिविरमा अहिलेसम्म हुम्लाका विभिन्न गाउँबाट आएका बिरामी घुडाँका समस्या भएका बिरामी,आगोले पोलिएर जोडिएका औला, हात खुटा भाँचिएर बोङगोटिङगो भएका बिरामीको समेत सोझाउने  र तत्कालै खुटा हात भाँचिएका बिरामीको समेत निशुल्क अप्रेसन गरियो,’ उपचारमा खटिएका कर्णाली विज्ञान प्रतिष्ठानका डा.मंगल रावले बताए।

वरिष्ठ चिकित्सकहरु डा कैलाश कुमार भण्डारी,डा क्यट्रीन हेगेन ,डा मंगल रावल र डा मुक्ति तिमल्सीनासहित १७ जानको टोलीले शिविरमा बिरामीहरुको चेकजाँच गरेको जिल्ला स्वाथ्य कार्यलय हुम्लाका डा स्मृति महतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.