|

लहान : स्थानीय तह तेस्रो चरण अन्तर्गत असोज २ गते भएको मतदानपछि निर्वाचित जनप्रतिनिधिहरुले बिहीबार अपरान्ह एक समारोहबीच देश र जनताका नाममा शपथ लिएका छन्। 

कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले नगरप्रमुख गंगा पासवान, उपप्रमुख ज्ञानकुमारी श्रेष्ठसहित ११ वटै वडाका वडाध्यक्षहरुलाई शपथ खुवाएका हुन्।

निर्वाचन अधिकृत बनेपालीले प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई शपथ खुवाएपछि प्रमुख पासवानले वडा सदस्यहरुलाई शपथ खुवाए। त्यसअघि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृत बनेपालीले विजयी भएको प्रमाणपत्र वितरण गरेका थिए। 

नगरप्रमुखको शपथ लिएपछि पासवानले निर्वाचनको समयमा प्रतिबद्धता अनुसार गाँस, बास, कपाससहित स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरी नगरलाई नमूना बनाउने बताए।

त्यस्तै, उपप्रमुख श्रेष्ठले समाजमा महिलाहरुमाथि भईरहेको विभेदपूर्ण व्यवहारको अन्त्य गर्ने बताइन्। शपथ ग्रहण समारोहमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यद्वय विष्णुबहादुर तामाङ र अजयशंकर नायकसहित अन्य थुप्रैको उपस्थिती थियो। 

कर्जन्हामा माओवादी केन्द्रबाट प्रमुख पासवान ४ हजार ३ सय ९ मत र उपप्रमुख श्रेष्ठ ४ हजार ३ सय १३ मत ल्याएर विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी प्रमुख पदका उम्मेदवार नेकपा एमालेका रामदियाल महतो ३ हजार १ सय ९० र उपप्रमुख पदकी अञ्जु राईले २ हजार नौसय ४५ मत प्राप्त गरेका छन्। 

कुल ११ वटा वडा रहेको कर्जन्हामा माओवादी केन्द्रका उम्मेदवारहरु १, ४, ५, ७, ८, ९, १० र ११ मा वडाध्यक्षसहित प्यानल विजयी भएका छन्। वडा नं. ३ मा पनि माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। यस वडामा बाँकी चार सदस्यहरु नेकपा एमालेले जितेको छ। एमालेले वडा नं. २ र ६ मात्र प्यानल जितेको छ। 

शपथ ग्रहणका थप फोटो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.