|

पर्सा : जिल्लाको १४ स्थानीय तहमध्ये ४ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ। त्यसमध्ये ठोरीमा माओवादी केन्द्रबाट अध्यक्षमा पिएल श्रेष्ठ र उपाध्यक्षमा शान्ति थिंग विजयी भए। 

पटेर्वा सुगौलीकोे अध्यक्षमा एमालेबाट हरिनारायण चौधरी विजयी भए। उपाध्यक्षमा कांग्रेसकी ममता महतो विजयी भइन्। कालिकामाईको अध्यक्षमा नेपाली जनता दलकानथुनी प्रसाद कुशवाह र र उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया विजयी भए। 

बिन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालको जीत 

बिन्दवासनी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी चुनिएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरासियालाई ८ मतले पछि पारे।

मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले २ हजार ६ सय १ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी किरण देवी विजयी भइन्। 

कालिकामाईमा संघीय समाजवादी पार्टी विजयी 

कालिकामाई गाउँपालिकाको अध्यक्षमा नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार थुनी प्रसाद कुशवाहा निकटतम प्रतिद्धन्द्धी फोरम नेपालकी उम्मेदवार लालसा देवि कलवारलाइ १८१ मत अन्तरले पछाडि पाद अध्यक्षमा विजयी भएका हुन्।

पूर्व गृहराज्य मन्त्री रिजवान अन्सारीको पार्टीका नेता रहेका उनी जनता दलको चुनाव चिन्ह ‘पाङ्ग्रा’ लिएर चुनाव लडेका थिए। कुशवाहाले २८१६ मत ल्याउँदा निकटमत प्रतिद्वन्द्वी फोरम नेपालकी लालसादेवि कलवार २६९७ मत ल्याएकी छन्।

उपप्रमुखमा भने फोरम नेपालका उम्मेदवार राजेश चौरसिया २८४ मत अन्तरले विजयी भएका छन्। उनले २९१४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वीी नेपाली जनता दलकी मालती देवि कोईरीले २६३० मत ल्याईन्।

५ वटा वडा रहेको कालिकामाई गाउँपालिकाम फोरम नेपालले २ वटा वडामा जीत हात पारेको छ।वडा नंबर १ मा नेपाली काँग्रेसका शिवनाथ राउत कुर्मी प्यानलसहित, वडा नंबर २ मा नेपाली जनता दलका सोनालाल चौरसिया प्यानलसहित,  वडा नंबर ३ मा फोरम नेपालका सञ्जय पटेल प्यानलसहित, वडा नंबर ४ मा पनि फोरम नेपालकै हरिओम साह कलवार र वडा नंबर ५ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका पत्रकार पवन तिवारी विजयी भएका छन्।

ठोरीमा माओवादी केन्द्र विजयी 

ठोरी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ।  ठोरी गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठले ४ सय ३४ मतअन्तरको  जीत हासिल गरे। 

अध्यक्षमा निर्वाचित श्रेष्ठले २ हजार ८ सय ३ मत ल्याए भने निटतम् प्रतिद्वन्द्वी एमालेका लाल बहादुर श्रेष्ठले २ हजार ३ सय ६९ मत प्राप्त गरे। 

उपाध्यक्षमा माओवादी केन्द्रकै शान्तिमाया थिङ २ हजार ४ सय ८५ मतका साथ विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गोकुली देवी रेग्मीले २ हजार ३ सय १८ मत र अर्की उम्मेदवार काँग्रेसकी गीता देवी विष्टले भने १ हजार ९ सय ५६ मत मात्रै प्राप्त गरिन्।

पटेर्वासुगौलीमा एमाले विजयी 

पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरीनारायण चौधरी २९५७ मत हासिल गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश चौधरीले २८७५ मत प्राप्त गरे।

पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ममता महतो ३२६३ मतका साथ विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उपप्रमुखकी उम्म्ेदवार अन्जु चौधरीले  २७८९ मत गरिन्। 

वीरगन्जमा कांग्रेसको अग्रता 

प्रदेश नम्बर २ को एकमात्रै महानगर वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस अग्र स्थानमा छ। मंगलबार रातिसम्म काँग्रेस अग्रस्थानमा रहेपनि बिहीबार बिहानदेखि राजपा प्रमुख र उपप्रमुख दुबै पदमा अगाडि थियो। तर बिहीबार राति कांग्रेसले फेरि राजपालाई पछाडी पार्‍‍यो। 

आज बेलुकी साढे सात बजे सार्वजनिक मतगणनाको पछिल्लो परिणाम अनुसार , १६३१४ मत गनि सक्दा , प्रमुखमा काँग्रेसका उम्मेदवार अजय द्विवेदी ३४१३ मतका साथ अगाडि छन्।

राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंहले भने ३२५५ मत प्राप्त गरेका छन्। संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी २८४४ मतका साथ तेश्रो स्थानमा छन्। यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी चौथो स्थानमा छन्। उनले २१२६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारी १७४७ मतका साथ पाँचौ स्थानमा र नेपाल लोकतान्त्रिक फोरमका  उम्मेदवार विमल श्रीवास्तव ११६२ मतका साथ छैठौ स्थानमा छन्। 

उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता बनाएकी छिन्।  आज बेलुकी साढे सात बजे सार्वजनिक परिणाम अनुसार कार्कीले ४००० मत प्राप्त गरेकी छन्। दोश्रो स्थानमा रहेकी राजपाकी उम्मेदवार रम्भा मिश्राले भने  २८१० मत प्राप्त गरेकी छन्। फोरम नेपालकी उम्मेदवार पिंकी यादवले भने २७७६ मत , एमालेकी उम्मेदवार सोफिया आचार्यले २११६ , माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्रीले १४९७ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादवले ९१३ मत पाएकी छन्।

पोखरिया नगरपालिकामा नेपाल जनता दल अगाडि 

जिल्लाको सदरमुकाम भनेर चिनिने पोखरिया नगरपालिकाको प्रमुखमा नेपाल जनता दलका उम्मेदवार अग्रस्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा जनता दलका उम्मेदवार दिपनारायण रौनियारले २०४९  र उपप्रमुखकी उम्मेदवार विणा देवीले १३९४ मत प्राप्त गरेका छन्।

फोरम नेपालका प्रमुखका उम्मेदवार प्रधुमन चौहानले १६८९  र उपप्रमुखकी उम्मेदवार सल्मा खातुनले १४९८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रामेश्वर रौनीयारले ७९८ र उपप्रमुखकी उम्म्मेदवार रेहाना खातुनले ७९७ मतका प्राप्त गरेका छन्। 

पर्सागढीमा एमाले अघि 

पर्सागढी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ। पछिल्लो मत परिणाम अनुसार , प्रमुख एमालेका उम्मेदवार गोकर्ण पाठक  २७२८ मतका साथ अग्रस्थानमा छन्। काँग्रेसका उम्मेदवार लोक नारायण यादव २३२५ मतका साथ दोश्रो र फोरम नेपालका उम्मेदवार बृज मोहन चौधरी १३५९ मतका साथ तेश्रो स्थानमा छन्।

उपप्रमुखमा भने कांग्रेस अघि छ। काँग्रेसकी उम्मेदवार अर्चना चौधरीले ९३२ , एमालेको उम्मेदवार काली देवी चौधरीले ८७० मत र फोरम नेपालको उम्मेदवार मीना कुमारीले २२६ मत प्राप्त गरेका छन्। 

बहुदरमाइमा कांग्रेसको अग्रता 

बहुदरमाइ नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ। पछिल्लो  परिणाम अनुसार प्रमुखमा काँग्रेसका उम्मेदवार नितेन्द्र साहले १२६५ मत प्राप्त गरेका छन्।

दोश्रो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार पन्नालाल साहले ९०५ , तेश्रो स्थानमा रहेका राजपाका उम्मेदवार शिव पटेलले ८५४ मत , चौथो स्थानमा रहेका लोकतान्त्रिक फोरमका उम्मेदवार विपिन यादवले ४२९  र  पाँचौ स्थानमा रहेका एमालेका उम्मेदवार प्रमोद कुशवाहाले ३९८ .मत प्राप्त गरेका छन्। 

मतगणनास्थलबाहिर नाराबाजी

निर्वाचन कार्यालयले आज बिहान साढे १० बजे मतगणनाको पछिल्लो नतिजा सार्वजनिक गरेपनि त्यसपछि लामो समयसम्म नतिजा सार्वजनिक गरेन। जसका कारण आक्रोशित दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयका कर्मचारीहरुले मतगणनामा गडबड गरेको भन्दै प्रदर्शनमा उत्रिए। झन्डै ९ घण्टापछि पछिल्लो मतपरिणाम सार्वजनिक भयो। 

‘गणना भएको मतको तथ्याङक लगत कम्प्युटरमा इन्ट्री गर्नुपर्ने हुन्छ। तर एउटा कम्प्युटर मात्रै भएकाले मतपरिणाम सार्वजनिक गर्न ढिला भएको हो,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता ठाकुर प्रसाद खरेलले भने,‘तर आज बेलुकी देखि भने ६ वटा कम्प्युटरमा एकै साथ गणना भएका मतको तथ्याङक इन्ट्रि भइरहेकाले अब हरेक घण्टामा मतपरिणाम सार्वजनिक गर्नेछौं।’

कुल १ लाख ८ हजार ५ सय १ मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ , ३ , ४ , ५ , २८ , २९ ३०, ३१ र ३२ को गरि १० स्थानमा मतगणनामा भइरहेको छ। वीरगन्ज महानगरको अन्तिम नतीजा असोज १० गते राति सम्म सार्वजनिक गर्ने गरी मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.