|

बैतडी : देहीमाडौंमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ। गत भदौ २८ गते दशरथचन्द नगरपालिका–२ मा बस र जीप ठोक्किँदा गम्भीर घाइते भएका डम्मरदत्त भट्टको उपचारका क्रममा मृत्यु भएको हो । 

ग्राण्डी हस्पिटल काठमाडौंमा बिहीबार उनको निधन भएको परिवारले जनाएको छ। घाइते भएकै दिन उनलाई  जिल्ला स्वास्थ्य कार्यालयको पहलमा हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

सदरमुकामबाट पाटनका लागि छुटेको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जिप देहीमाडौं बजारनजिक घुसल्ला मोडमा ठोक्किँदा ५ जना घाईते भएका थिए।

गम्भीर घाइते गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत अनमी टीका ढकालको उपचार पनि ग्राण्डी अस्पतालमै भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.