खेलकुद

बौद्ध कप फुटबलको उपाधि आयोजकलाई
SHARES

असोज ६, २०७४

    पर्वत : म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो बौद्ध कप फुटबल –२०७४ को उपाधि आयोजक बौद्ध युवा क्लब मंगलाघाटले जितेको छ। बेनी स्थित खुलामञ्चमा भएको फाइनलमा कालीपुल युनाइटेड क्लबलाई ३–० गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधि चुमेको हो।

    धौलागिरीकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा विजेता बनेसँगै क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २५ हजार रुपैयाँ हात पारेको छ।प्रतियोगिताको उपविजेता कालीपुल युनाइटेड क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ पाएको छ।

    सेमिफाइनलबाट बाहिरिएका एभरग्रीन र म्याग्दी प्रहरीले नगद १५\१५ हजार रुपैया प्राप्त गरेका छन्। म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधिसहित थप १० हजार रुपैयाँ पनि पाएको छ।

    यस्तै, कालीपुलका रोमन श्रेष्ठले सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, बौद्धका विजयसिंह उत्कृष्ट डिफेण्डर, विमल थापा उत्कृष्ट गोलरक्षक, टोप बिष्ट उत्कृष्ट स्ट्राइकर, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर बन्दै नगद ६\६ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]