राजनीति : स्थानीय निर्वाचन २०७४

सिरहाको कल्याणपुर नगरपालिकामा कांग्रेस विजयी
SHARES

असोज ६, २०७४

    लहान :  सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका  सूर्यनाथ मण्डल  विजयी भएका छन्। उनले ४८०४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजपाका रामबाबु यादवले ४६०६ मत पाए।

    यस्तै कांग्रेसकी रोहिणीकुमारी यादव ४६६४ मत ल्याई उपप्रमुख निर्वाचित भइन्। उप्रमुखमा राजपाकी मसुदा खातुनले ४४३८ मत प्राप्त गरेकी छिन् ।  

    कुल १२ वडा रहेको कल्याणपुर नगरपालिकामा कांग्रेसले ४, ९ र १२ वडामा अध्यक्ष जितेको छ। राजपाले १, २, ३, १० र ११ मा वडाध्यक्ष हात पारेको छ। संघीय समाजवादी फोरम नेपालले ५, एमालेले ७, ८ र स्वतन्त्रबाट ६ नम्बर वडाध्यक्ष निर्वाचित भएको कल्याणपुरका निर्वाचन अधिकृत दीर्घराज उपाध्यायले जानकारी दिए ।  

    सिरहामा अहिलेसम्म तीन नगरपालिका ६ गाउँपालिकाको मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको छ। माओवादी केन्द्रले दुई नगरपालिकासहित चार, कांग्रेसले एक नगरपालिकासहित दुई, संघीय समाजवादी फोरम दुई र  एमालेले एक स्थानीय तहमा जितेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]