|

जाजरकोट : प्राण घातक रोगबाटपीडित जाजरकोटकी स्कुले बालिकाको उपचारको लागि आर्थिक सहयोग संकलन भइरहेको छ। जिल्लाको उत्तर गाउँ कुसे गाउँपालिका वडा नं. ७  नारे जाजरकोटकी १४ वर्षीय एलिना हमालको उपचारको लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका छन्।

घरकोे सम्पत्तिले यलिनाको उपचारमा सकिएपछि उपचारमा समस्या भएको छ। आर्थिक अभावमा उपचारमा समस्या भएको समचार थाहा खबरमा  विभिन्न माध्यामहरुमा आएपछि विभिन्न व्यक्तिहरुले पीडित बालिकाको उपचारका लागि सहयोग गरेका हुन्।

 घरको आर्थीक अवस्था निकै कमजोर भएकी हमाललाई आर्थीक अभावले उपचारमा समस्या हुँदा विचल्लीमा छन। वालीकाका वावु छोरीको उपचारका लागी आर्थीक सहयोग माग्दै जाजरकोटका सरकारी कार्यालय,संघ सस्था ,ब्यापारी तथा अन्य ब्यक्तिहरु सहयोगको याचना गरिरहेका छन्।  बालिकाको बाबुको नाममा गाउँमा भएको ५ रोपनी जग्गा पनि बेचिसकेका छन्।

दसंैको वेलामा सवै आ–आफनो घर जाने तयारीमा छन भने यलिनाका बाबु दीपक हमाल छोरी बचाउन सबैको ढोका चाहारिरहेका छन्। घरमा भएको सबै सम्पत्ति यलिनाको उपचारमा सकिँदा परीवारलाई दसैँ खर्चसम्म नभएको एलिनाका बाबु दीपक हमालले बताए।

‘छोरीको उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गर्दै सबैको दैलोमा जान्छु, सक्ने जति सहयोग गर्ने गर्नु भएको छ’ उनले भने।  छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे पछि जाजरकोटमा विभिन्न मशानुभावहरुले सहयोग गर्न थालेको दिपकले वताए। हमालकोे घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उनको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरिरहेका छन्।

प्राण घातक रोग रगत क्यान्सरबाट पीडित बालिकाको उपचारमा सहयोग गर्न जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले २ हजार पाँच सय,शिक्षक रामबहादुर शाहीले ५ हजार,विद्यालय निरीक्षक मानबहादुर गिरीले १ हजार, समाजसेवि रणबहादुर कार्की १ हजार, नगेन्द्र शाह १ हजार ,कुसे गाँउपालीका ६ नम्बर

वडाका अध्यक्ष अमर बहादुर शाहीले १ हजार लगायतका विभिन्न ब्यक्तिहरुले सहयोग गरेको एलिना हमालको उपचार सहयोग अभियानका अगुवा प्रविण नेपालीले वताए।  एलिनाको उपचारमा  सहयोग गर्ने थुप्रैले इच्छा देखाएको र सहयोगी हात हरु वढिरहेको नेपालीले बताए।

प्राण घातक रोग रगत क्यान्सरबाट पीडित हमालको गत वैशाखदेखि निजामती कर्मचारी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। एलिनाको उपचारमा सहयोग गर्न उनको नाममा सिटीजनस बैंक इन्टरनेसलमा रहेको बचत खाता नं.०२१००००१८६ ःग्मा पनि जम्मा गरी सहयोग गरिदिन बालिकाको परिवारले सबैमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.