|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : ‘शान्ति, सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन, प्रहरी हाम्रो टोलमा’ अभियान सञ्चालनको पहिलो दिन शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा जिल्लास्तरीय अभियान मूल समन्वय समितिद्वारा ¥यालीको आयोजना गरी सुरु गरिएको छ।

समितिले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला प्रहरीका कार्यालयको प्रांगणबाट सुरु गरी सरस्वती बजारको परिक्रमा गरी जिल्ला समन्वय समितिको हलमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका

प्रमुख उद्धव केसी, संघीय प्रहरी एकाइ कार्यालय बागमतिका प्रहरी प्रमुख धिरज प्रताप सिंह, स्थानीय विकास अधिकारी कोमलनाथ धमला र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह वादे लगायतको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले प्रहरी प्रशासनलाई अझ जनउत्तरदायी बनाउनको लागि शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउन उक्त अभियान थालनी गरेको बताए।

उनले नेपालभरको प्रत्येक समाजलाई टोलको रुपमा विकास गरी टोल सुधार समिति निर्माण गर्दै सहरी तथा ग्रामीण क्षेत्रका हरेक टोलमा प्रहरी कार्यालयसँग समन्वय गरी सामाजिक अपराध, गुण्डागर्दी, ठगी हिंसा लागुऔषधलगायत विकृति नियन्त्रणमा सामाविक विकासको सहकार्य गर्न सो अभियान शुक्रबारबाट लागू भएको बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले प्रहरीले समाजमा भएको विकृति र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि थप अभियान सञ्चालन गर्न प्रहरी हाम्रो टोलमा अभियान सञ्चालन गरेको बताए। प्रहरी बर्दीमा र नागरिक विनाबर्दीको प्रहरी भएर नागरिक र प्रहरी दुवै मिलेर अघि बढेमा समाजमा हुने विकृतिको सहजै न्यूनीकरण गर्न सकिने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.