|

रौतहट : प्रदेश नम्बर २ को ठूलो र बढी मतदाता भएको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामचन्द्र चौधरीले अब नगरपालिकालाई नमुना शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्।

निर्वाचित नगर प्रमुख र उपप्रमुखको घोषणा कार्यक्रममा नगर प्रमुख चौधरीले जनताले दिएको अमूल्य मतको कदर गर्दै समुन्नत चन्द्रपुर नगरको निर्माणका लागि काम गर्ने बताए। कानुनमा स्नातक गरेका चौधरीले ९ हजार ७ सय ८० मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव रेग्मीले ८ हजार ८ सय ३१ मत ल्याएका थिए।

यसैगरी चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरील नगरबासीको चाहना बमोजिम नै काम गरेर देखाउने बताएकी छिन्। न्यायिक समितिको संयोजक समेतको जिम्मेवारी पाउने उपप्रमुखले कुनै पनि नागरिकलाई अन्याय हुन नदिने समेत उनले बताइन्।

उपप्रमुखमा चौधरी नेकपा एमालेको तर्फबाट ९९१६ मत ल्याएर विजयी भएकी हुन्। १० वटा वडा रहेको नगरपालिकामा ४ वटा वडा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ। त्यस्तै २ वटा वडा माओवादी केन्द्रले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.